नेशनल टी-२० च्याम्पियनसिप: हेमन्तकाे कप्तानीमा सुदूरकाे टाेली घाेषणा

बैतडी-विराटनगरमा फागुन २२ गतेदेखि सञ्चालन हुने कोशी प्रदेश ट्रफी नेशनल टी–२० च्याम्पियनसिप क्रिकेट प्रतियोगिताका लागि सुदूरपश्चिम प्रदेशको टाेली घाेषणा गरिएको छ।
हेमन्त धामी कप्तानीमा १४ सदस्यीय टाेली सार्वजनिक गरिएको सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघका अध्यक्ष बाशुदेव जाेशीले जानकारी दिनुभयाे। टाेली उपकप्तानमा दीपक बाेहरा,अन्य सदस्यहरूमा दीपक चन्द ठकुरी,नरेन भट्ट,नरेन साउँद,खडक बाेहरा,शेर मल्ल,टेक रावत,अभिषेक पाल,दिपक बाेहरा, भाेजराज भट्ट,किरन ठगुन्ना,बसन्त कार्की र नारायण जाेशी रहेका छन्।
यसका साथै विकास आग्री,युवराज खत्री, सञ्जय बाेहरा र प्रकाश पाण्डेय वैकल्पिक खेलाडीका रूपमा छनाैट भएका छन्।
धनगढीकाे फाप्ला मैदानमा तिनदिनसम्म सञ्चालन गरिएको बन्द प्रशिक्षणमा उत्कृष्ट प्रदर्शन गरेका आधारमा खेलाडी छनाैट गरिएको सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघले जनाएको छ।
नेपाल ए टिम,यु १९ विश्वकप,प्रधानमन्त्री कप क्रिकेटमा उत्कृष्ट प्रदर्शन गरेका खेलाडीसहितकाे टाेली रहेकाले उच्च मनाेबलका साथ मैदान उत्रने प्रादेशिक क्रिकेट संघले जनाएको छ।
क्रिकेट संघ मोरङको आयोजनामा फागुन २२ गतेदेखि विराटनगरको बैजनाथपुरस्थित गिरिजाप्रसाद कोइराला क्रिकेट रंगशालामा प्रतियोगिता सञ्चालन हुनेछ।
३ विभागीय र ७ वटा प्रदेशस्तरीय टिमको सहभागिता रहने चैत ३ गतेसम्म चल्नेछ ।
सहभागी टाेलीलाई दुई समूहमा विभाजन गरि प्रतियोगिता सञ्चालन हुनेछ ।
समूह ‘क’मा त्रिभुवन आर्मी, सशस्त्र प्रहरी, कोशी, मधेस र कर्णाली प्रदेश तथा समूह ‘ख’मा नेपाल पुलिससहित बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम रहेका छन्।
उपाधि विजेता टिमले ट्रफीसहित ५ र उपविजेताले ३ लाख नगद पुरस्कार पाउने जनाइएको छ।

Leave A Reply

Your email address will not be published.