बैतडीमा एमालेको नबौं अधिवेशनः अध्यक्षमा ५ जनाको नाम चर्चामा

बैतडीमा एमाले अधिवेशनको सरगर्मी बढेको छ। आगामी फागुन २८ र २९ गते आयोजना हुने नेकपा एमाले बैतडीको नवौँ अधिवेशनका लागी तयारी तिब्र पारिएको हो। अधिवेशनका लागी पार्टीले जिल्लाका १० वटै पालिकाबाट प्रतिनिधी छनौट गरेको छ। शनिबार अधिवेशनका लागि सबै पालिकाबाट सर्वसम्मत प्रतिनिधि छनोट गरिएको जनाइएको छ।

आगामी नेतृत्वका लागि नेता आन्तरिक तयारीमा जुटिरहेका र अधिवेशन सफल पार्नका लागि अन्य तयारीसमेत तीव्र पारिएको जनाएको छ। अधिवशेनबाट सर्वसम्मत नेतृत्व चयन गनृै एमालेको तयारी छ ।

अध्यक्षका लागी नरेश बि।क, नरेन्द्र बिष्ट, पार्टी उपसचिव समेत रहेका लोकेन्द्र भण्डारी, अनेरास्वबियूका केन्द्रिय उपाध्यक्ष गोविन्द गिरी, नेता हजारी साउँदको दाबी रहेको छ।

नरेश बिक, नरेन्द्र बिष्ट र हजारी साउँद एमाले बैतडीको अग्रज नेताका रुपमा चिनिन्छन्। यी नेताहरुले पार्टीको नेतृत्वमा हालसम्म बसेका छैनन्। नरेश बिक अघिल्लो कार्यकालका प्रदेश कमिटि सचिवालय सदस्य हुन् । हजारी साउँद तल्लो स्वराडमा प्रभाव राख्ने गरेका छन्। नरेन्द्र बिष्टलाई बैतडीमा कम्युनिस्ट नेताहरुमध्ये उत्कृष्ट नेताका रुपमा चिनिन्छन्।

लोकेन्द्र भण्डारी र गोविन्द गिरी युवा जुजारु नेता हुन्। लोकेन्द्र भण्डारी बौद्धिक युवा नेताका रुपमा चिनिन्छन् । समसामयिक राजनितिमा दखल राख्ने नेताका रुपमा लोकेन्द्र चिनिन्छन्। जिल्ला कमिटिको पदाधिकारीमा रहेर काम गरेका भण्डारी प्रभाव राख्ने नेताको रुपमा चिनिने गरेका छन्।

सानै उमेरदेखि विद्यार्थी राजनितिमा सक्रिय रहेका गोबिन्द गिरी केन्द्रिय राजधानीमा राम्रो छाप राखेका नेता हुन्। अनेरास्वबियूमा लोकप्रिय नेताका रुमा चिनिन्छन्। कार्यकर्ताहरु भावनाअनुसार अगाडी बढ्नुपर्ने युवा नेताहरुको भनाइ छ। जिल्ला कमिटिभित्र काम गरेकाहरुले नेतृत्वमा प्राथमिकता पाउनुपर्नेउमा भण्डारीको जोड छ। पाटी नेतृत्व तथा बिभिन्न संघसंगठनमा तल्लो तहमापनि आफै र माथिल्लो तहमा पनि आफै भन्ने भावना त्याग्नुपर्ने भण्डारीको जोड छ। कार्यकर्ताहरुको भवनालाई बुझेर नेतृत्व चयन गर्नुपर्नेमा उनले दोहो¥याए ।

युवा नेता गोविन्द गिरीले अपसी सहमतीबाटै नेतृत्व चयन हुने बताउछन्। ‘पार्टीलाई चौतर्फी घेराबन्दी छ, त्यो घरेबन्दी तोड्नुपर्ने छ, संगठन भित्रको अराजगता पनि तोड्नुपर्ने छ, पार्टीलाई ससक्त ढंगले अघि बढाउनुपर्ने देखिएको छ’ गिरीले भने। एमालेका निबर्तमान सुदुरपश्चिम अध्यक्ष तथा केन्द्रिय सदस्य दामोदर भण्डारीको गृह जिल्ला बैतडीमा उनको निर्देशन बिपरित नहुने भएका कारण सकेसम्म सहमतीबाटै नेतृत्व टुगिंने नेताहरु बताउँछन्।

Leave A Reply

Your email address will not be published.