बैतडीको दनपाका ‘प्रमुख प्रशासकीय अधिकृत जोशीलाई डिलासैनीको पनि जिम्मेवारी

बैतडी -बैतडीको दशरथचन्द नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जगदीश प्रशाद जोशलिाई डिलासैनी गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतको पनि जिम्मेवारी दिइएको छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जोशीलाई डिलासैनीको पनि थप जिममेवारी तोकेको हो ।

प्रमुख प्रशासकीय अधिकृत बिहिन बनेको डिलासैनीका लागि जोशीलाइ जिम्मेवारी दिइएपछि योजना कार्यान्वयन देखि आर्थिक कामकाज पनि अघि बढ्ने गाउँपालिकाले जनाएको छ।

कार्तिक मंसिरदेखि नै प्रमुख प्रशासकीय अधिकृत नहुदा कामकाजमा समस्या हुने गरेकोमा जोशीलाई जिम्मेवारी दिएपनि कामकाजमा केही सहज हुने गाउँपालिकाले विश्वास लिएको छ ।

Leave A Reply

Your email address will not be published.