हिरापुर माबिले गर्यो खेलाडिहरुलाई सम्मान

बैतडी : हिरापुर माबि शिबनाथ गाउँपालिका–०६ बसेडिभ्वाले खेलाडिहरुलाई सम्मान गरेको छ। सुदूरपश्चिम प्रदेश स्तरीय १४ औँ रास्ट्रपति रनिङ शिल्ड प्रतियोगितमा बैतडीलाई स्वर्ण र रजत दिउलाउने खेलाडिलाई सम्मान गरेको बिद्यालयका सुचना अधिकारी नरेश दयालले बताए।

कैलालीको धनगढीमा सम्पन्न प्रतियोगितमा हिरापुर माबिकि सरिता चन्द र द्रोपति चन्दले भलिलबमा बैतडीलाई स्वर्ण पदक दिलाउनु भएको थियो। यसैगरी छात्रा एथलेटिक्स तर्फ लक्ष्मी दयालले रजत, छात्र तर्फ सटपुट थ्रोमा लोकेन्द्र चन्दले चौथो स्थानमा आएका थिए।

आफ्नो बिद्यालयका खेलाडिहरुले प्रतियोगितामा उत्कृष्ट प्रर्दशन गरेकोमा बिद्यालको तर्फबाट सम्मान गरेको खेल शिक्षक असोक चन्दले बताए। फुलमाला अबिर र नगद सहित सम्मान गरेको उनले बताए।

Leave A Reply

Your email address will not be published.