बैतडी : नवं देउडा गायक पदम चन्दको पहिलो गित “हाई तेरो चुन्निको चाल” सार्वजनीक भएको छ। बैतडी जिल्ला पञ्चेश्वर गाउँपालिका ३ कलौटी तिचोरा घर भएका गायक चन्दको देउडा गित शुक्रबार भिडियो सहित सार्वजनीक भएको हो।
गितमा गायक चन्दलाई लोकप्रिय गायिका राधिका हमालले स्वरमा साथ दिनुभएको छ। विशेष डिजिटल रेकर्डिङ स्टूडियो काठमांण्डूमा रेकर्ड गरिएको गितको एरेन्ज बिजयथापा मगरले गरेका हुन भने शब्द चयन अंगद चन्दले गरेका हुन।
भारतको मुम्बई वाशिंदमा छायाकंन गरिएको भिडियोमा दिब्या भुल र रुपेश चन्दले शुन्दर अभिनय गरेका छन। सोनु बिकले खिचेको र सम्पादन गरेको भिडियोको निर्देशन भने बसन्त सुनारले गरेका हुन।
सानैबाट देउडामा रुचि राख्ने गायक चन्दले देउडा संस्कतिको लागि गित तयार गरेको बताएका छन। गितमा मायाप्रेम र बैतडीको तल्लो स्वराडको चर्चा गरिएको छ।
गितलाई माया गरिदिन र आवश्यक सल्लाह सुझाव दिन गायक चन्दले आग्रह गरेका छन।
भिडियो हेर्न तलको लिकंमा क्लीक गर्नुहोला।