बैतडी : भोलि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारी गृह जिल्ला बैतडी आउने भएका छन् । २८ गते उद्घाटन हुने नेकपा एमाले बैतडीको जिल्ला अधिवेशनका लागि मन्त्री भण्डारी बैतडी आउने एमाले बैतडीले जनाएको छ।
यो कार्यकालमा दोस्रो पटक मन्त्री बनेपछि मन्त्री भण्डारी पहिलो पटक बैतडी आउन लागेका हुन्। उनलाई सुदूपश्चिमका अधिकाश जिल्लाका नेता तथा कार्यकताले स्वागतको कार्यक्रमहरु राखेका छन्।