शिवनाथको शर्मालीमा एकीकृत स्वास्थ्य शिविर सञ्चालन हुने

बैतडीमा एकीकृत निशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने भएको छ। स्वास्थ्य कार्यालय बैतडीको आयोजना र शिवनाथ गाउँपालिकाको सहयोगमा शिवनाथ गाउँपालिका वडा नं २ शार्मली स्वास्थ्य चौकीमा एकीकृत शिविर सञ्चालन हुने स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेश प्रसाद भट्टले बताउनुभयो। यही फागुन २९ र ३० गते मंगलबार र बुधबारका दिन शिविर सञ्चालन हुने प्रमुख भट्टले बताउनुभयो।

शिविरमा प्रजनन् तथा यौन रोग सेवा,पुरुष बन्ध्याकरण,अपाङ्गता वर्गीकरणका लागी स्वास्थ्य परिक्षण सेवा, खानेपानीको गुणस्तर जाँच र मानसिक स्वास्थ्य सेवा लगायतका सेवा दिने स्वास्थ्य कार्यालय बैतडीले जनाएको छ।

यसका साथै शिविरमा समान्य स्वास्थ्य परीक्षण समेत गरिने भएकाले सबैलाई सेवा लिन आग्रह गरिएको छ। स्वास्थ्य सेवाको पहुँचबाट टाढा रहेका नागरिकलाई एकीकृत रुपमा सेवा प्रदान गर्ने उद्देश्यले शिविरको आयोजना गरिएको स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेश प्रसाद भट्टले बताउनुभयो।

एकीकृत स्वास्थ्य शिविरमा आएर चेकजाँच गर्नका लागि आग्रह समेत गरेको छ।

Leave A Reply

Your email address will not be published.