उद्योग,वाणिज्य तथा आपूर्ती मन्त्री भण्डारी गृह जिल्ला बैतडी आउँदै

बैतडी : उद्योग,वाणिज्य तथा आपूर्ती मन्त्री दामोदर भण्डारी आज गृह जिल्ला बैतडी आउँदैछन् । एमाले केन्द्रीय सदस्य समेत रहेका भण्डारी मन्त्रीमा नियुक्त भएपछि पहिलो पटक गृह जिल्ला आउन लागेका हुन्।
मन्त्री भण्डारी आज दिउँसो गृह जिल्ला बैतडी आइपुग्ने कार्यक्रम रहेको एमाले बैतडीका प्रचार विभाग प्रमुख लोकेन्द्र भण्डारीले बताए।

भोलिदेखि शुरु हुने एमाले बैतडीको नवौं जिल्ला अधिवेशनका लागि मन्त्री भण्डारी गृह जिल्ला आउन लागेका हुन्। उनले गृह जिल्लामा सहमतिमै पार्टीको नेतृत्व चयनका लागि पहल गर्नेछन्।

एमाले केन्द्रीय सदस्य समेत रहेका भण्डारीले आजै पार्टीका नेताहरुसंग अधिवेशनका बिषयमा छलफल गर्ने तयारी भएको प्रचार विभाग प्रमुख भण्डारीले बताए।

Leave A Reply

Your email address will not be published.