बैतडीका दस वटै स्थानीय तहमा कपडा बैंक स्थापना हुने भएको छ। बैतडीको शाहिलेकमा सञ्चालन भएको कपडा बैंकले जिल्लाका सबै स्थानीय तहमा कपडा बैंक सञ्चालन गर्ने बैंकका संयोजक महेश भट्टले बताए।
“हुनेले दिएर सहयोग गरौँ, नहुनेले लगेर सहयोग गरौँ” भन्ने अभियानका साथ जिल्लाका सबै स्थानीय तहमा कपडा बैंक सञ्चालनमा ल्याउने तयारी भईरहेको जनाईएको छ। मेलौलीमा चैत्र १ गते देखि कपडा बैंकको शाखा स्थापना गरि अभियान शुभारम्भ गर्ने बैंकका संयोजक भट्टले बताए।
मेलौलीमा अहिले सम्म २५ परिवार र जिल्लाभरी ३६४ परिवारलाई लुगा बितरण भै सकेको छ। कपडा बैंकले असहाय, असक्त तथा आर्थिक अवस्था न्यून भएका व्यक्तिहरूलाई मौसमअनुसार कपडा उपलब्ध गराउन मद्धत गर्ने जनाइएको छ।