बैतडी-जिल्लाको पञ्चेश्वर गाउँपालिका वडा नं १ मा रहेको गडदेव आधारभुत विद्यालयको ताला खोलिएको छ ।डेढ वर्षदेखि स्कुलमा लगाइएको ताला गाउँपालिका जनप्रतिनिधि, प्रशासन र अभिभावकले एक कार्यक्रमका विच खोलेका हुन ।
स्कुलको नयाँ भवन निर्माण गर्दा सम्झौता रकम भन्दा बढी लगानी लागेको र त्यो लगानी नपाउँदा सम्म विद्यालयमा ताला लगाउने भनेर स्थानीय केशव सिह घटालले ताला लगाएका थिए ।
पटक पटकको मौखिक सम्झौता हुने तर भुक्तानी नहुने भनेर घटालले पनि स्कुलमा ताला लगाउँदै आएपछि सबैको रहोबरमा शनिबार ताला खोलिएको छ ।
गाउँपालिकाले २०७८।०७९ मा विद्यालय व्यवस्थापन संग ३६ लाखमा राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गतको ४ कोठे भवनको लागि सम्झौता गरेको थियो । प्राविधिकले मुल्यांकन गरेर स्कुलमा सम्झौता भन्दा बढी काम भएको भनेर ५८ लाखको विल उठाएको थियो ।
प्राविधिक मुल्यांकन अनुसारको रकम भुक्तानी गाउँपालिकाबाट गराईदिने र अवका दिनमा ताला नलगाउन भवन निर्माणकर्ता स्थानीय केशव घटाललाई गाउँपालिका अध्यक्ष गोरख बहादुर चन्दले आग्रह समेत गर्नुभयो ।
अध्यक्ष चन्दले भने “प्राविधिक मुल्यांकन अनुसारको रकम भुक्तानी गरिदिन्छौँ अब ताला नलागाईदिनु होला यदी फेरीपनि ताला लगाएमा कानुन अनुसार अगाढी बढ्ने छौँ” । यसरी सरकारी सम्पतीमा जोसुकैले पनि मनपरि गरेमा गाउँपालिका कानुन अनुसार अगाढी बढ्ने अध्यक्ष चन्दले बताउनुभयो ।
उता भवन निर्माणकर्ता घटालले भने प्राविधिक मुल्यांकन भन्दा पनि बढी खर्च भएकाले त्यो रकम पनि नलिने र स्कुलमा ताला पनि नलगाउने बताउनु भयो । आफुलाई विद्यालय व्यावस्थापन समतिलेनै निर्माणको जिम्मा दिएको र जनप्रतिनिधिहरुलेनै लागेको लगानी पालिकाबाट थपि दिउला निर्माण गर्दै जानु भनेपछि निर्माण गरेको घटाले बतानुभयो ।
नवनिर्मित भवनमा ताला लगाए पछि विद्यार्थी बाहिर चौरमा पढीरहेका थिए । कार्यक्रममा फेरीपनि ताला लागाए कानुन अनुसार कार्वाहि अगाढी बढाउने, विद्यालय व्यवस्थापन समिति विघटन गरी नयाँ व्यवस्थापन समिति चयन गर्ने र प्रधानाध्यापकलाई स्पष्टीकरण सोध्ने निर्णय समेत गरिएको छ ।