शिवनाथको बगजेबलामा बिजुली पुग्यो

बैतडी बैतडीको शिवनाथ गाउँपालिका-५ बगजेबलामा विद्युत पुगेको छ। गाउँपालिकाको समन्वयमा विद्युत प्राधिकरणले बगजेबलामा विद्युत विस्तार गरेको नेपाल विद्युत प्राधिकरण बैतडी वितरण केन्द्रका प्रमुख जनार्दन पौडेलले बताउनुभयो।

शिवनाथ गाउँपालिकाले पनि विद्युतीकरणलाई प्राथमिकतामा राखेको गाउँपालिका अध्यक्ष कर्णसिंह साउँदले बताउनुभयो ।विद्युत विस्तार भएपछि स्थानीय नागरिकहरुलाई सहज भएको छ।

बैतडीमा चालु आर्थिक बर्षमा ६ हजार घरधुरीमा विद्युत विस्तार गर्ने योजना रहेको नेपाल विद्युत प्राधिकरण बैतडी वितरण केन्द्रका प्रमुख पौडेलले बताउनुभयो।अहिले जिल्लाभरी २३ हजार बढी घरधुरीमा विद्युत सेवा सञ्चालनमा रहेको छ।

Leave A Reply

Your email address will not be published.