बैतडीः मेलौली नगरपालिका-०८ कोटिगाँउका तिन मन्दिरमा सौर्यबत्ती जडान गरिएको छ। कोटिगाँउ घर भई हाल बेङ्लोर बस्दै आउनु भएका रमेश सिह ठगुन्नाले सौर्यबत्ती जडान गरेका हुन।
निलपाल मन्दिर, बेताल मन्दिर र कटुला भण्डारमा सौर्यबत्ती जडान गरिएको स्थानीय लक्ष्मण राम लुहारले बताए। मन्दिरहरुमा उज्यालो तथा अन्य भित्री ब्यवस्थापन गर्न करिब ८० हजार मुल्य पर्ने सौर्यबत्तीहरु जडान गरिएको उनले बताए।
मन्दिरहरुमा पुजापाठको समयमा सहजहोस भने आफुले सौर्यबत्ती जडान गरेको ठगुन्नाले बताए। मन्दिरहरुमा सौर्यबत्ती जडान गर्न पाउदा आफु ज्यादै खुसि भएको उनले बताए।
ठगुन्नाले केहि महिना अगाडी सोहि ठाउँमा रहेको गंगेश्वर देबताको मन्दिरमा पनि सौर्यबत्ती र एक थान सानो सोलार जडान गरेका थिए।बिद्युत बिस्तार नभएको ठाउँका मन्दिरहरुा सौर्यबत्ती जडान हुदा पुजापाठको समयमा सहज हुने भएको छ।