बैतडीको पाटन-१ मा ‘जेष्ठ नागरिकको चेक जाँच तथा फलोअप ’कार्यक्रम

बैतडी– पाटन नगरपालिका-१ मा जेष्ठ नागरिकहरुका लागी चेक जाँच तथा फलोअप कार्यक्रम सुरु भएको छ।  ज्येष्ठ नागरिक लगायतका नागरिकको घरदैलोमै पुगेर स्वास्थ्योपचार सम्बन्धी सेवा उपलब्ध गराउन सकार स्वास्थ्य चौकीको आयोजना र वडा.न १ को सहयोगमा कार्यक्रम सञ्चालन भएको सकार स्वास्थ्य चौकीका प्रमुख नरेन्द्र भट्टराईले बताउनुभयो ।

वडा अध्यक्ष तर्क सिंह ठगुन्नाले स्वास्थ्यकर्मीले ज्येष्ठ नागरिकको स्वास्थ्य अवस्था स्वास्थ्य समस्या पहिचान गर्न घरदैलोमै औषधोपचार कार्यक्रम थालेको जानकारी दिनुभयो।“ज्येष्ठ नागरिकको स्वास्थ्य समस्या पहिचान गरी घरदैलोमै औषधोपचार गर्न कार्यक्रम गरेका हौँ”,उनले भने, “पहिलो चरणमा सोमबार देखि वडामा ज्येष्ठ नागरिकको जेष्ठ नागरिकको चेक जाँच तथा फलोअप ’कार्यक्रमसुरु भएको छ।”

उक्त कार्यक्रममा ज्येष्ठ नागरिकहरूको उच्च रक्तचाप, सुगर, सामान्य स्वास्थ्य परीक्षण तथा उपचार, औषधि वितरण सहित स्वास्थ्य परामर्श सेवासमेत प्रदान गरिने स्वास्थ्य चौकी प्रमुख नरेन्द्र भट्टराईले बताउनुभयो।

Leave A Reply

Your email address will not be published.