आज ग्याल्पो ल्होसार मनाउँदै शेर्पा समुदाय

काठमाडौं -शेर्पा समुदायले सोमबार ग्याल्पो ल्होसार मनाउँदैछ। हिमाली क्षेत्र मूल थलो भएका शेर्पा समुदायले नयाँ वर्षको रूपमा प्रत्येक वर्ष फाल्गुन शुक्ल प्रतिपदामा यो पर्व मनाउँछ।

आइतबार २१५१ औँ ग्याल्पो ल्होसार हो। गाई वर्ग ९वर्ष० पूरा भई बाघ वर्ष शुरु भएको छ। यो ल्होसारलाई मुसा, गाई, बाघ, खरायो, मेघ, सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र बराह गरी १२ वर्गमा विभाजन गरिएको छ।

ग्याल्पो ल्होसार भोटका नवौँ राजा उदे गुङ्ग्यालका पालादेखि वसन्त पर्वका रूपमा मनाउन शुरु गरिएको बताइन्छ। समयक्रममा ग्याल्पो ल्होसार नामकरण भएको अनुसन्धाता बताउँछन्।

शेर्पा समुदायमा ल्होसार तीन दिन मनाइन्छ। पहिलो दिन बिहान सबेरै उठेर घरमा पूजापाठ गरी र गुम्बामा जाने चलन छ। त्यहाँ गुरुको दर्शन गर्ने तथा आशीर्वाद लिने परम्परा छ। यो दिन अग्ला डाँडामा ध्वजापताका फहराउने पनि चलन छ।

दोस्रो दिन पारिवारिक जमघट तथा आफन्तसँग भेटघाट गरी मीठा परिकार पकाएर भोज खाने गरिन्छ जसलाई ‘परिवार ल्होसार’ भनिन्छ।

तेस्रो दिन यो समुदायका मानिस बुद्ध धर्मलाई रक्षा गर्ने विभिन्न धर्मपाल ९भैरव, महाकाल आदि० को पूजा गर्छन्।

पहिले हिमाली क्षेत्रका १२ जिल्लामा मनाइने ग्याल्पो ल्होसार अहिले २२ जिल्लामा मनाइन्छ। शेर्पा जातिको बसाइसराइसँगै यो पर्व मनाउने जिल्ला बढेको हो।

ग्याल्पो ल्होसारको अवसरमा नेपाल सरकारले देशभर ९सार्वजनिक० बिदा दिएको छ।

Leave A Reply

Your email address will not be published.