कर्णाली र सुदूरपश्चिममा आज वर्षाको सम्भावना

पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहँदा सोमबार केही प्रदेशका थोरै स्थानमा वर्षाको सम्भावना छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहान गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा सामान्य बदली छ। कोशी र बागमती प्रदेशको पहाडी भूभागमा आंशिक बदली छ। बाँकी भागको मौसम सामान्यतया सफा छ।

महाशाखाका अनुसार आज दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशसहित देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहनेछ।

कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना छ। कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भेगका थोरै स्थानमा र बाँकी उच्च पहाडी तथा हिमाली भेग एकदुई स्थानमा हल्का हिमपातको सम्भावना छ।

राति पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहनेछ। उच्च पहाडी तथा हिमाली भेगका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना छ।

Leave A Reply

Your email address will not be published.