नयाँ गठबन्धनमाथि जनताको ठुलो भरोसा छ : एमाले वरिष्ठ उपाध्यक्ष पोखरेल

बैतडी । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पार्टीलाई सुदृढ बनाउनुको विकल्प नरहेको बताउनुभएको छ। बैतडीको पाटनमा सोमबार नेकपा एमालेको जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै पोखरेलले पार्टीलाई सुदृढ बनाएर राष्ट्रिय शक्तिको रूपमा अगाडि बढ्नुपर्ने बताउनुभएको हो। उहाँले भन्नुभयो, एमाले सुदृढ बनाउनुपर्छ,पार्टी एकताबद्ध भएर लाग्नुपर्छ। जनताको बलमा बाचेको पार्टी एमाले रहेकाले राष्ट्रिय शक्तिका रूपमा अगाडि बढ्नुपर्छ। यही राष्ट्रिय शक्तिले भोलि राष्ट्रको नेतृत्व गर्नुपर्छ।

जनताको स्वार्थशीत सम्बन्धित रहेर पार्टी अगाडि बढ्नुपर्छ । पार्टी जनआधारित हुनुपर्छ,जनप्रिय पार्टी बनाउनुपर्छ।  पुर्व उपप्रधानमन्त्री समेत रहनुभएका पोखरेलले एमाले मिसन ८४ मा हिडेको बताउनुभयो। उहाँले भन्नुभयो,जनताको विश्वासको मत प्राप्त गर्न पार्टी मिसन ८४ मा रहेको छ। एमालले बहुमत ल्याए मात्रै देशमा सम्बृधि हुन्छ। त्यो बाटोमा हिडेको छ एमाले मिसन ८४ मा छ। एमालेले बहुमत ल्याएर शुसासन ल्याउनुपर्छ। मिसन ८४ मा अहिलेदेखि लागौं।नयाँ गठबन्धनले मिसन ८४ लाई सहयोग पुग्छ। 

देशमा विकासको लागि राजनीतिक स्थायित्व आवश्यक रहेको बताउदै उहाँले अघिल्लो गठबन्धन एमालेलाई सिध्याउने हिसाबले हिडेकोले असफल भएको बताउनुभयो। उहाँले भन्नुभयो,ूअघिल्लो गठबन्धनको सरकारले देशमा सुशासन दिन सकेन, भष्टाचार बढ्यो,युवाहरू पलायन हुने बढे, अर्थतन्त्र धरासयी भयो।

नयाँ गठबन्धनमाथि जनताको ठुलो भरोसा रहेकोले कृषिको आधुनिकीकरण र व्यवशायिकताका साथै शिक्षा र स्वास्थ्यलाई प्राथमिकता दिनुपर्नेमा उहाँको जोड रहेको छ। युवाहरूलाई हरेक तहको नेतृत्वमा ल्याउनुपर्नेमा जोड दिनुभयो।

Leave A Reply

Your email address will not be published.