बैतडी : नेपालमै पहिलोपटक आयोजना गरिएको महिला कबड्डी प्रतियोगितामा बैतडीको मेलौली नगरपालिका पनि सहभागि भएको छ। भक्तपुर नगरपालिकाको आयोजनामा आजबाट चैत ३ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा मेलौली नगरपालिका पनि सहभागि भएको मेलौली नगर खेलकुद बिकास समिति अध्यक्ष सागर भण्डारीले जानकारी दिए।
प्रतियोगितामा ७ वटै प्रदेशका १७ वटा नगरपालिकाले प्रतिस्पर्धा गर्दैछन्। अखिल नेपाल कबड्डी सङ्घबाट मान्यता प्राप्त कबड्डी प्रतियोगितामा प्रथम हुने टिमलाई १ लाँख ५० हजार, दोस्रोलाई १ लाँख, तेस्रो र चौथोलाई ५० हजार पुरस्कार राखिएको छ।
अन्तर नगर महिला कबड्डी प्रतियोगितामा दार्चुलाको महाकाली नगरपालिका, बैतडीको मेलौली नगरपालिका, कञ्चनपुरको भिमदत्त नगरपालिका, बुटवल उपमहानगरपालिका, बाराको कलैया उपमहानगरपालिका ओखलढुंगाको सिद्धिचरण नगरपालिका, विराटनगर महानगरपालिका, काठमाडौं महानगरपालिका, ललितपुरको गोदावरी नगरपालिका, कीर्तिपुर नगरपालिका, मध्यपुर थिमि नगरपालिका, बनेपाको पनौति नगरपालिका, सोलुखुम्बु नगरपालिका, भक्तपुर नगरपालिका, ललितपुर महानगरपालिका र पोखरा महानगरपालिका गरी १७ वटा पालिकाले सहभागिता जनाएका छन।