भक्तपुरमा जारी कबड्डी प्रतियोगिताः मेलौलीसगं सिद्धीचरण ओखलढूंगा पराजित

बैतडी : भक्तपुर नगरपालिकाको आयोजनामा सञ्चालन भएको महिला कबड्डी प्रतियोगितामा मेलौली बैतडीले पहिलो जित हासिल गरेको छ। पहिलो दिनको दोस्रो खेलमा मेलौलीले सिद्धीचरण नगरपालिका ओखलढूंगालाई ७८/१७ को सोझो सेटले पराजित गर्दै अघिल्लो चरणमा प्रवेश गरेको छ।

नेपालमै पहिलोपटक आयोजना गरिएको प्रतियोगितामा बैतडीको मेलौली नगरपालिका पनि सहभागि भएको छ। भक्तपुर नगरपालिकाको आयोजनामा आजबाट चैत ३ गतेसम्म सञ्चालन हुने छ।

प्रतियोगितामा ७ वटै प्रदेशका १७ वटा नगरपालिकाले प्रतिस्पर्धा गर्दैछन्। अखिल नेपाल कबड्डी सङ्घबाट मान्यता प्राप्त कबड्डी प्रतियोगितामा प्रथम हुने टिमलाई १ लाँख ५० हजार, दोस्रोलाई १ लाँख, तेस्रो र चौथोलाई ५० हजार पुरस्कार राखिएको छ।

अन्तर नगर महिला कबड्डी प्रतियोगितामा दार्चुलाको महाकाली नगरपालिका, बैतडीको मेलौली नगरपालिका, कञ्चनपुरको भिमदत्त नगरपालिका, बुटवल उपमहानगरपालिका, बाराको कलैया उपमहानगरपालिका ओखलढुंगाको सिद्धिचरण नगरपालिका, विराटनगर महानगरपालिका, काठमाडौं महानगरपालिका, ललितपुरको गोदावरी नगरपालिका, कीर्तिपुर नगरपालिका, मध्यपुर थिमि नगरपालिका, बनेपाको पनौति नगरपालिका, सोलुखुम्बु नगरपालिका, भक्तपुर नगरपालिका, ललितपुर महानगरपालिका र पोखरा महानगरपालिका गरी १७ वटा पालिकाले सहभागिता जनाएका छन।

Leave A Reply

Your email address will not be published.