फरार प्रतिवादी खोज्दै बैतडी प्रहरी, चार जना पक्राउ

बैतडीमा चार जना फरार प्रतिवादी पक्राउ परेका छन्। पक्राउ पर्नेमा जिल्ला अदालत बैतडीको फैसलाले कर्तव्य ज्यान मुद्दामा ८ वर्ष ११ महिना ११ दिन कैद सजाय ठहर भई फरार रहेका बैतडी सिगास गाउँपालिका–२ बस्ने ३८ वर्षीय राजेन्द्रसिंह धामी रहेका छन्।

बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक नन्द राज जोशीका अनुसार धामीलाई प्रहरी चौकी गाँजरीबाट खटिएको प्रहरी टोलीले गाजँरी बजारबाट पक्राउ गरेको हो।

यस्तै विष्फोटक पदार्थ सम्बन्धि कसुर मुद्दामा १ महिना १९ दिन कैद सजाय सुनाएर फरार रहेका दशरथचन्द नगरपालिका ६ का ४४ वर्षीय नारायणसिंह ऐरी,सोही ठाउँका ४७ वर्षीय अर्जुनसिंह रावल र ५१ वर्षिय भीमसिंह ठगुन्ना पनि पक्राउ परेका छन्।

उनीहरू सबैजनालाई बुधबार गढी बजारबाट पक्राउ गरिएको हो।पक्राउ परेका प्रतिवादीहरूलाई जिल्ला अदालत बैतडीमा पेस गरिएको प्रहरीले जनाएको छ।

Leave A Reply

Your email address will not be published.