गायक मनोहर परियारको नयाँ गीत बजारमा

बैतडी : मेलौली नगरपालिका वडा न १ देउनोलामा जन्मीएका गायक मनोहर परियारको “केही देखे केही सुने ” बोलको नयाँ आधुनिक गीत बजारमा आएको छ ।

विग परिवेश डिजिटल स्टुडियोबाट चैत्र १ गतेका दिन आफ्नो गीत बजारमा ल्याएको उनले बताउनुभयो। मनोहर राम दमाई “मनोहर परियार” अहिले ६९ बर्षमा लाग्नुभयो। १५ बर्षको उमेर देखि सांगितिक यात्रामा लाग्नु भएका मनोहरले आफ्ना ५४ बर्ष संगित कर्ममै बिताउनुभयो।

जिल्लामा हुने सबैजसो सभा–समारोहमा मनोहरको प्रस्तुुतीले सधैँ स्थान पाउँछ। एकताका उनको प्रस्तुति नभएको कार्यक्रम जिल्लामा बिरलै हुन्थ्यो। सबै दिवसहरु, जिल्ला स्तरिय प्रतियोगिताहरु, सभा- समारोहहरुमा उनि आफ्ना जनचेतनामूलक गीत गाउँछन।

माया प्रेम बाहेक सामाजिक बिकृतिका बिरुद्ध र देशभक्ती गितहरु मात्रै रचना गर्ने मनोहरले ५० बढि जनचेतनामूलक र देशभक्ति गीतहरु बजारमा ल्याएका छन। अहिले सम्म १ हजार बढी गीतहरु सामाजिक बिकृती र बिसंगतिका बिरुद्धमा रचना गरि बिभिन्न सभा-समारोहहरुमा प्रस्तुत गरेको उनि सुनाउँछन मनोहर परियार गायनका साथै बाध्यबादनमा पनि उत्तिकै दख्खल राख्छन। मादल, हार्मोनियम, हुड्को, बासँरी बजाउनमा उनको दखलता छ।

उनि भन्छन, “हामी भौगोलिक रुपमा पनि निकै पिछडिएको क्षेत्रका मान्छेँ हौँ, सुदुरपश्चिम क्षेत्र त्यसैमा पनि बैतडी जिल्ला र म परियार समूदायको ब्यक्ति, हामीलाई जातिय रुपले समेत निकै हेपिन्थ्यो, अगाडी बढ्न निकै कठिन थियो, यस क्षेत्रका बिकृतीहरुको बिरुद्धमा गीत गाउनु पनि निकै चुनौतीपुर्ण थियो। मैले हरेक खाले सामाजिक बिकृतिका बिरुद्धमा गीत गाएको छु। जातिय बिभेदका बिरुद्धमा गीत गाएको छु। र सस्ंकृति जोगाउने डेउडा, ठाडिभाका र हुड्केउली गीतहरु गाएको छु, मनोहर भन्छन।”

Leave A Reply

Your email address will not be published.