दार्चुलामा २ किलोबढि चरेससहित २ जना पक्राउ

दार्चुलामा ट्याक्टरबाट प्रहरीले दुई किलो सात सयग्राम चरेस बरामद गरेको छ। जिल्लाको महाकाली नगरपालिका वडा १ श्रीबगडबाट प्रहरीले चरेस बरामद गरेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ।

प्रहरी कार्यालय दार्चुलाका अनुसार सुन्सेराबाट जिल्ला सदरमुकाम खलंगा तर्फ आइरहेको सुपप्र०२००१ त १३१० नम्बरको ट्याक्टरबाट चरेस बरामद गरिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक एवं सुचना अधिकारी ज्ञानेन्द्र बहादुर सिंहले जानकारी दिए।

श्रीबगडमा सोमबार आज साझ उक्त ट्याक्टर चेकजाच गर्ने क्रममा चरेस भेटिएको सुचना अधिकारी सिंहले बताए।

प्रहरीले ट्याक्टर चालक कृष्णपुर नगरपालिका वडा ३ कंन्चनपुर बस्ने वर्ष २७ का हर्कलाल रानालाई र व्याँस गाउँपालिका वडा नम्बर ४ सुन्सेरा बस्ने जयलाल सिंह कुँवरलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ।

प्रहरीले गोप्य सुचनाको आधारमा चरेस बराबद गरेको बताइएको छ। थप अनुसन्धान भईरहेको सुचना अधिकारी सिंह बताए।

Leave A Reply

Your email address will not be published.