नेकपा एमाले मेलौलीको चैत्र २४ गते तेस्रो नगर अधिबेशन हुने

बैतडी : नेकपा एमाले मेलौलीको चैत्र २४ गते तेस्रो नगर अधिबेशन हुने भएको छ। मंगलबार बसेको नगर कमिटिको बैठकले चैत्र २४ गते तेस्रो नगर अधिबेशन गर्ने निणर्य गरेको हो।

यस अघि नगर अधिबेशन चैत्र २५ गते गर्ने निणर्य गरिएको थियो। तयारी पुरा भईसकेकाले एकदिन अगाढी नै अधिबेशन गर्ने निणर्य भएको जिल्ला कमिटी सदस्य जगदिश सिह नायकले बताए।

अधिबेशनको लागि बिभिन्न ८ ओट उपसमिति गठन समेत गरिएको छ। चैत्र २२ गतेभित्र प्रत्येक वडाबाट प्रतिनिधि छनौट गरि पठाईदीन सकुर्लर जारी गरिएको छ।

अधिबेशन नेकपा एमालेका केन्द्रिय सदस्य लगायत बिभिन्न नेता कार्यकर्ताहरुको सहभागितामा समापन गरिने जनाईएको छ। नगर कमिटी अध्यक्षको लागि पाच जना आकाक्षी रहेको स्रोतले बताएको छ।

Leave A Reply

Your email address will not be published.