बझाङमा काँग्रेसबाट अभिषेक सिँहको नाम सिफारिस

बझाङ-बझाङमा नेपाली काँग्रेसले पनि आगामि बैशाखमा हुने उप निर्वाचनका लागि उम्मेदवारको टुङ्गो लगाएको छ।

काँग्रेसबाट अभिषेक सिँह उम्मेदवार बन्ने भएका छन्। आगामि वैशाख १५ गते हुने उप निर्वाचनका लागि माओवादीले बझाङबाट जनक बुढा, एमालेबाट दमन भण्डारी र नेकपा एसले दीलबहादुर सिंहलाई उम्मेदवार बनाउने यस अघिनै निर्णय गरेको छ। नेपाली काँग्रेसले भने आज (बिहीवार) मात्रै सिँहलाई उम्मेदवार बनाउँने निर्णय गरेको हो।

उपनिर्वाचनको लागि उम्मेदवार मनोनयन दर्ता चैत २४ गते हुँदैछ। बझाङ प्रदेशसभा १ को उम्मेदवारमा पुराना नेता जगतप्रसाद जोशी र अभिषेक सिंहको हानथाप चलिरहेको थियो। देउवाले सिंह र नेता शेखरकोइरालाले जोशीको नाममा अडान लिएका थिए। लामो छलफलपछि दुबै पक्ष सिँहलाई उम्मेदवार बनाउँन सहमत भएका छन्।

Leave A Reply

Your email address will not be published.