बझाङमा २ वटा वडाको मतगणना सकिँदा एमाले उम्मेदवारलाई झन्डै दोब्बर मतको अग्रता

बझाङ प्रदेश सभा–१ (क) मा हिजो भएको उपचुनावमा दुई वटा वडाको मतगणना सम्पन्न हुँदा नेकपा एमालेले अग्रता कायमै राखेको छ ।

छबिसपाथिभेरा गाउँपालिकाको वडा नम्बर १ र २ को मतगणना सम्पन्न हुँदा एमालेका उम्मेदवार दमनबहादुर भण्डारीले झन्डै दोब्बर मतले अग्रता लिइरहनुभएको छ ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार १ हजार ६ सय ९२ मतगणना हुँदा भण्डारीले ७ सय ५७ मत प्राप्त गर्नुभएको छ । यस्तै नेपाली कांग्रेसका उम्मेदवार अभिषेकबहादुर सिंहले ३ सय ८० मत प्राप्त गर्नुभएको छ ।

यसैगरी नेकपा ९माओवादी केन्द्र० का उम्मेदवार जनकबहादुर बुढाले २ सय २६, नेकपा ९एकीकृत समाजवादी० का दिलबहादुर सिंहले १ सय १५ र राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० का किशोर खड्काको ९ मत प्राप्त गर्नुभएको छ । यस्तै २८ मत बदर भएका छन् ।

Leave A Reply

Your email address will not be published.