बैतडीको सुर्नयामा विद्यालय समायोजन वैज्ञानिक र व्यवस्थीत नभएको भन्दै ज्ञापनपत्र

बैतडीको सुर्नयामा विद्यालय समायोजनको प्रक्रिया वैज्ञानिक र व्यवस्थीत नभएको भन्दै ज्ञापनपत्र बुझाइएको छ। शुक्रबार विद्यालयका विव्यस अध्यक्ष, प्रधानाध्यापकहरुले शिक्षासंग सरोकार राख्ने ब्यक्तीहरुले गाउँकार्यपालिकालाई ज्ञापनपत्र बुझाएका हुन्।

विद्यालय समायोजन प्रक्रिया बैज्ञानिक नभएको र प्रक्रिया नै त्रुटिपुर्ण रहेकाले तथा व्यवस्थीत नभएकाले तत्काल निर्णय सञ्चालन माग गर्दै गाउँपालिका र शिक्षा समितिको ध्यानकर्षण गरेको सुर्यप्रकाश आधारभुत विद्यालयका विव्यस अध्यक्ष दिनेश भट्टले जानकारी दिए। गाउँपालिकाले अपरिक्क निर्णय गरेको र तत्काल निर्णय नगरे विभिन्न संघर्षका कार्यक्रम गर्ने उनले बताए।

गाउँपालिकाले तयार पारेको विद्यालय समायोजन सम्बन्धी कार्यविधीमा समेत त्रुटी रहेको उनीहरुको भनाई रहेको छ। अभिभावक तथा विद्यालय व्यवस्थापन समितिहरु संग सल्लाह र राय नलिइ विद्यालय समायोजन गरेको भन्दै गम्भिर ध्यानकर्षण भएको केदार आधारभुत विद्यालयका अध्यक्ष मान बहादुर चन्दले बताए।

यसअघि गाउँपालिकाले पालिका भित्रका ४० ओटा सामुदायिक विद्यालयको अनुगमन गरेको थियो। त्यसमध्ये कार्यपालिकाको निर्णय अनुसार पालिका भित्रका १५ ओटा विद्यालयलाई समायोजनको पत्र पठाएको थियो। यस कदमले अहिले पालिकाको चौतर्फी आलोचना भैरहेको छ ।

Leave A Reply

Your email address will not be published.