बैतडी : नेकपा एमाले मेलौली नगरपालिका–०२ को वडा कमिटी अध्यक्षमा खगेन्द्र ओड् चयन भएका छन। शनिबार दोस्रो वडा अधिबेशनबाट ओड्लाई वडा कमिटी अध्यक्षमा चयन गरिएको नेकपा एमालृ प्रदेश कमिटी सदस्य एवं मेलौली ईन्चार्ज बलभद्र दयालले बताउनुभयो।
यसैगरी वडा कमिटीको उपाध्यक्षमा नर बहादुर चन्द, सचीवमा घनश्याम भट्ट, उपसचिवमा भरत बहादुर चन्द र चन्द्र दमाईलाई चयन गरीएको जनाईएको छ।
दोस्रो वडा अधिबेशन कार्यक्रमका प्रमुख अतिथि सुदुरपश्चिम् प्रदेश कमिटी सदस्य एवं मेलौली ईन्चार्ज बलभद्र दयाल, विशिष्ट अतिथि प्रदेश सल्लाहकार परिसद सदस्य लक्ष्मण भट्ट, पार्टी जिल्ला कमिटी सचीबालाय कमिटी सदस्य जगदीश नायक, जिल्ला कमिटी सदस्य महेन्द्र बहादुर चन्द, तपेन्द्र बिष्ट, सुरेश धौनी र मेलौली नगर कमिटी अध्यक्ष भिम भट्ट लगायतको उपस्थिती रहेको थियो।