इलाका प्रहरी कार्यालय पाटन बैतडीको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न

बैतडी: पाटन नगरपालिका–८ स्थित खोडपे प्रहरी चौकीमा इलाका प्रहरी कार्यालय पाटनको सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको छ। आइतबार एक औपचारिक कार्यक्रमकाबीच इलाका प्रहरी कार्यालय पाटनको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको हो।

सार्वजनिक सुनुवाई कार्यक्रमका सहभागिहरुले सडक दुर्घटना न्युनिकरणका लागि सबै पक्षले चासो दिनुपर्ने धारणा राखेका थिए। चालक तथा व्यावसायी, यात्रु तथा प्रहरी प्रशासन लगायतले सडक दुर्घटना न्युनिकरणको लागि चासो दिनुपर्नेमा जोड दिएका हुन्। यसैगरी सडक पुर्वाधार र प्रविधिको उपयोग गर्नुपर्नेमा पनि सहभागिहरुको जोड थियो। निर्माण व्यावसायीहरुले सडक स्तरोन्नतीका क्रममा व्यापक लपरवाही गरिरहेको कार्यक्रमका सहभागिहरुको भनाइ थियो।

प्रशानिक निकायबाट अगुमन तथा नियमन गरिनुपर्ने सहभागिहरुको धारणा थियो। सवारी साधनमा हुने त्रुटी, चालन गर्ने मापसे, ट्राफिक नियमको उल्लङ्घन र ट्राफिक सचेतनाको कमीले दुर्घटना हुने भएकाले सम्बद्य जिम्मेवार निकायले चासो दिनुपर्ने जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख, प्रहरी नायव उपरिक्षक दिपक गिरीले बताउनुभयो। प्रमुख जिल्ला अधिकारी भीमकान्त शर्माले सडक पुर्वाधारमा देखिएको त्रुटीका विषयमा जिल्ला प्रशासनको तर्फबाट पनि अनुगमन तथा नियमनको लागि आवश्यक गतिबिध बढाइने बताउनुयो।

इलाका प्रहरी कार्यालय पाटन अन्तरगतको सेवाक्षेत्रमा चालु आर्थिक वर्षमा ७ वटा सवारी दुर्घटनामा ८ जनाले ज्यान गुमाएको इलाका प्रहरी कार्यालय पाटनका प्रमुख, प्रहरी निरीक्षक सरोज कुमार ठकुराठीले जानकारी दिए । प्रहरी निरीक्षक ठकुराठीले सवारी दुर्घटना नियन्त्रणको लागि सवारी चालक तथा व्यावसायीहरुसँग अन्तरक्रिया पनि गरेका थिए। दुर्घटना न्युनिकरणको लागि चालक र वारीधनीले अपनाउनुपर्ने सावधानीका विषयमा अन्तरक्रिया गरेका हुन्।
सार्वजनिक कार्यक्रममा प्रमुख जिल्ला अधिकारी भीमकान्त शर्मा प्रमुख अतिथि रहनु भएको थियो। विशिष्ट अतिथिको रुपमा जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख प्रहरी नायव निरिक्षक दिपक गिरी र सशस्त्र प्रहरी ५१ नं गुल्मका गुल्मपती कृष्ण सिंह पुजारा रहनु भएको थियो। यसैगरी विशिष्ट अतिथिमा पाटन नगरपालिका ९ का वडा अध्यक्ष कालु सिंह भाट, वडा नं १० का वडा अधयक्ष धन बहादुर कुवँर रहनु भएको थियो।

Leave A Reply

Your email address will not be published.