बैतडीको पाटन बजार नजिक एक पुरुष मृत फेला

बैतडी: पाटन बजार नजिक एक पुरुष मृत फेला परेका छन्। जिल्लाको पाटन नगरपालिका वडा नम्बर ६ काे मुख्य बजारको पछाडी रिङरोडको तल २१ बर्षीय दिपेन्द्र घर्तीमगर मृत फेला परेका हुन्।

दाङ घर भइ हाल पाटनमा लामो समयदेखी सरसरफाईको क्षेत्रमा काम गर्ने पुस्तल घर्तीमगर (जोकर) का छोरा दिपेन्द्रकाे शव फेला परेको हो।

स्थानीयको जिर्णघरमा बस्दै आएका उनको शव घरको पछाडी घोपटो परेको अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय पाटनले जनाएको छ।

Leave A Reply

Your email address will not be published.