नवौँ राष्ट्रिय पत्रकारिता दिवस आज विभिन्न कार्यक्रम गरी मनाइँदैछ। १९५८ साल वैशाख २४ गते साप्ताहिक रूपमा गोरखापत्रको प्रकाशन शुरु भएको दिनको अवसरमा राष्ट्रिय पत्रकारिता दिवस मनाउने गरिन्छ। गोरखापत्र आजदेखि प्रकाशनको १ सय २४ वर्षमा लागेको छ।
सरकारीस्तरबाट अखबार प्रकाशन शुरु भएको दिनको अवसर पारेर सरकारले २०७३ सालमा पत्रकारिता दिवस राष्ट्रिय रूपमै मनाउन मान्यता दिएपछि यो दिवस वैशाख २४ गते मनाउन थालिएको हो।
दिवसका अवसरमा सञ्चार मन्त्रालय तथा गोरखापत्र संस्थानले विभिन्न कार्यक्रम आयोजना गरेका छन्। गोरखापत्र २०१७ साल फागुन ७ गतेदेखि दैनिक प्रकाशन हुँदै आएको छ।