सभामुख देवराज घिमिरेले प्रमुख दलका शीर्ष नेताहरूसँग भोलि छलफल गर्ने हुनुभएको छ। छलफल गर्न सभामुखको कार्यकक्षमा मंगलबार बिहान ११।३० बजे बैठक बोलाइएको छ।
सभामुख घिमिरेले प्रधानमन्त्री पुष्पकमल दाहाल, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनलाई बैठकमा बोलाउनु भएको छ।
वैशाख २८ गतेदेखि सुरु हुने संसदको बर्खे अधिवेशन सुरू हुनुअघि नै सहमति प्रयासका लागि सभामुखले शीर्ष नेताहरूलाई बोलाएको सभामुखको सचिवालयले जनाएको छ।