केशरपुर स्वास्थ्य केन्द मेलौलीका डाक्टर केसीको विदाई

बैतडी-बैतडीको मेलौली नगरपालिका ७ मा रहेको केशरपुर प्राथमिक स्वास्थ्य केन्द्रमा कार्यरत डाक्टर सन्जिन केसीको विदाई गरिएको छ। आज एक कार्यक्रमका विच मेडिकल अधिकृत (एमबिबिएस) डाक्टर केसीको विदाई गरिएको केशरपुर प्राथमिक स्वास्थ्य केन्द्र मेलौलीका जनस्वास्थ्य निरिक्षक मुकेशकान्त दयालले बताए।

नगरपालिकाले नियुक्त गरेका डाक्टर केसी अन्य ठाउँमा जाने भएकाले विदाई गरिएको हो।डाक्टर केसीले २०७९ कार्तिकमा नगरपालिका बाट करार नियुक्ति पाउनुभएको थियो। केशरपुर प्राथमिक स्वास्थ्य केन्द्र मेलौलीले जिल्लाका मेलौली नगरपालिका, पञ्चेश्वर र शिवनाथ गाउँपालिकाका नागरिकहरूलाई स्वास्थ्य सेवा प्रदान गर्दैै आएको स्वास्थ्य छ।

प्राथामिक स्वास्थ्य केन्द्रमा दरबन्दी र करार गरेर अहिले ९ जना मात्रै कार्यरत रहेका छन। अहिले एमबिबिएस डाक्टर एक जना र स्टाफ नर्स, एक जनाको दरबन्दी रिक्त रहेको छ। तल्लो सोराड क्षेत्रको रेफरल सेन्टरका रूपमा रहेको केशरपुर प्राथमिक स्वास्थ्य केन्द्रमा बेला बेला चिकित्सकको अभाव हुने गरेको छ।

Leave A Reply

Your email address will not be published.