बैतडीमा लागू औषध (चरेश) मुद्दाका फरार प्रतिवादी पक्राउ

बैतडी : लागू औषध (चरेश) मुद्दाका फरार रहेका प्रतिवादी बैतडीबाट पक्राउ परेका छन्। पक्राउ पर्नेमा जिल्लाको सुर्नया गाउँपालिका –५ का ३५ वर्षीय सुरेशबहादुर विष्ट रहेका बैतडीका प्रहरी प्रवक्ता,प्रहरी निरीक्षक नन्दराज जोशीले जानकारी दिनुभयो।

फरार रहेका विष्टलाई जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले दशरथचन्द नगरपालिका-४ छेलाबाट पक्राउ गरेको हो। जिल्ला अदालत बैतडीले विष्टलाई चरेश मुद्दामा ४ महिना १९ दिनको कैद सजाय र २ हजार रुपैयाँ जरीवाना हुने फैसला गरेको थियो। उक्त फैसला कार्यान्वयनका लागि विष्टलाई पक्राउ गरिएको जनाएको छ।

पक्राउ परेका विष्ट हिरासतमै रहेका र उनलाई आइतबार अदालतमा उपस्थित गराएर कारागार चलान गरिने जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।

Leave A Reply

Your email address will not be published.