बैतडी-बैतडीको मेलौली नगरपालिका वडा न ३ मा स्वास्थ्य शिविर सम्पन्न भएको छ । स्वास्थ्य कार्यालय बैतडीको आयोजनामा समुदाय स्वास्थ्यका लागि एकीकृत निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको जनस्वास्थ्य निरिक्षक किशोर प्रकाश लुहारले बताए।शिविरमा स्त्रीरोग, अस्थायी परिवार नियोजन, उच्च रक्तचाप, नाक,कान,घाँटी , दाँतको उपचार र अन्य रोगको उपचार गरिएको जनस्वास्थ्य निरिक्षक लुहारले जानकारी दिनुभयो । शिविरबाट नगरपालिकाका वडा नं २ र ३ का २४७ जनाले सेवा लिएका छन ।गाउँमै स्वास्थ्य शिविर सञ्चालन भएपछि नागरिकहरु खुसी भएका छन ।