बैतडीको शिवनाथ गाउँपालिकामा सञ्चालन भएकोे नि:शुल्क आँखा शिविरबाट पहिलो दिन ३ सय बढी नागरिकले सेवा लिएका छन।शिवनाथ गाउँपालिकाको आयोजना, च्यारीटी हेल्थ फाउण्डेसनको सहयोगमा सञ्चालन भएको शिविरबाट ३ सय २५ जनाले सेवा लिएका शिवनाथ गाउँपालिकाका प्रवक्ता केशव बहादुर चन्दले जानकारी दिए।

आज पहिलो दिन सम्पन्न भएकोे शिविरमा २७ जनाको शल्यक्रिया गरिएको छ। आँखामा मोतीबिन्दु, जलबिन्दु, मासु पलाएको लगायतका समस्या देखिएका नागरिकको शल्यक्रिया गरिएको हो।

च्यारीटी हेल्थ फाउण्डेसनका कोषाध्यक्ष राधा बम चन्दको प्रमुख आतिथ्यता रहेको उद्घाटन कार्यक्रममा गाउँपालिका अध्यक्ष कर्ण सिंह साउँदकोे सभाध्यक्षतामा रहेको थियो। गाउँपालिकाका निवर्तमान उपाध्यक्ष कुष्मा चन्दको विष्शिष्ट आथित्यता रहको थियो ।प्रमुख प्रशासकीय अधिकृत नरेन्द्र सिंह महता, स्वास्थ्य संयोजक मोहन कलौनी पालिकाका कर्मचारी, विभिन्न वडाका वडा अध्यक्षहरु, स्थानीय प्रतिनिधिहरु , शिक्षक लगाएतकाको उपस्थिति रहेको थियो।

विशेषज्ञ चिकित्सक सहितका यस्ता शिविरले स्वास्थ्य सेवासँगको जनताको पहुँच स्थापित हुने गाउँपालिकाका अध्यक्ष कर्ण सिंह साउँदले बताउनुभयो। उहाँले गाउँपालिकाले स्वास्थ्य सेवालाई सबैको पहुँचमा ल्याउन प्रभावकारी ढङ्बाट काम गरिरहेको पनि बताउनुभयो।

यसअघि पुर्चौंडी नगरपालिका र सुर्नया गाउँपालिकामा सञ्चालन भएको शिविरबाट ८ सय ५ जनाले सेवा लिएका धनगढी नेत्रालयका अध्यक्ष गजेन्द्रबहादुर चन्दले बताए।

गाउँपालिकामा निशुल्क आँखा शिविर मार्फत सेवा लिन पाएपछि स्थानीय नागरिक खुसी भएका छन।