बैतडी : मेलौली नगरपालिका–०८ कोटिगाँउका समाजसेवी मदन सिह बिष्टको पहलमा गाँउमा निःशुल्क स्वास्थ्य चेकजाच गर्न शुरु गरिएको छ। हाल रोजगारको शिलशिलामा कोरीयामा रहनु भएका बिष्टले आफ्नो पहलमा कोटिगाँउको हरडादेखी खोरडासम्मका प्रत्येक घरमा स्वास्थ्यकर्मी खटाएर निःशुल्क स्वास्थ्य चेकजाच गराई रहेका छन।
आधारभुत स्वास्थ्य केन्द्र मेलौली ८ का प्रमुख दिपक प्रशाद बाग र अनमी साबित्रा दयाललाई प्रत्येक नागरीकको घरमा खटाएर स्वास्थ्य चेकजाँच भईरहेको समाजसेबी बिष्टले बताउनुभयो। यहि बैसाख २२ गतेबाट निःशुल्क स्वास्थ्य चेकजाच, परामर्श तथा औषधी वितरण कार्य शुरु गरीएको उहाले बताउनुभयो।
शनिबारको दिन बिदा हुने भएकाले दुईजना स्वास्थ्यकर्मी खटाएर स्वास्थ्य चेकजाँच भईरहेको जनाईएको छ। बैसाख २२/२९ गते शनिबारका दिन हरडा, कच्यार, जमाडी, रौट्या, धरेरा र गैरी टोलका ७९ जनाको स्वास्थ्य चेकजाँच गरिएको आधारभुत स्वास्थ्य केन्द्र मेलौली ८ का प्रमुख दिपक प्रशाद बागले जानकारी दिनुभयो।
प्रत्येक नागरीकको घरमै गएर बिपि, सुघर, श्वासप्रश्वास लगायत अन्य समस्याहरुको जाँच गरी आवश्यक परामर्श र औषधी वितरण भईरहहेको स्वास्थ्यकर्मी बागले बताउनुभयो। स्वास्थ्य परिक्षणको क्रममा उच्च रक्तचाप भएका बिरामीहरु बढि मात्रामा देखा परिरहेको उहाले बताउनुभयो।
बाकि रहेका टोलहरुमा अर्को शनिबार स्वास्थ्य परिक्षण हुने जनाईएको छ। “स्वास्थ्य नै धन हो” भन्ने मुल मन्त्रलाई आत्मसाथ गर्दै पहिलो चरणको स्वास्थ्य परिक्षण सम्पन्न पश्चात प्रत्येक ६–६ महिनामा यो अभियान सञ्चालन हुने समाजसेबी बिष्टले मेलौली न्यूजलाई जानकारी दिनुभयो।
बिष्टले गाउँमा थुप्रै सामाजीक कार्य गरिसकेका छन। उनले केहि महिना अगाडी आफ्नो गाउँमा चोटपटक लागेका, सुत्केरी बेथाले च्यापेको महिला अथवा कोहि अत्यन्तै समस्यामा परेका आर्थीक अवस्था कमजोर भएका ब्यक्तिहरुलाई सहयोग गर्ने घोषणा गरेका थिए। सोहि बाचा अनुसार बिष्टले अस्पताल सम्म पुर्याउन गाडीको ब्यवस्था गर्ने र अन्य समस्या समाधानका लागि समेत थुप्रै ब्यक्तिलाई आर्थीक सहयोग गरिसकेका छन।