सुदूरपश्चिमका मुख्यमन्त्रीलाई एमालेले विश्वासको मत दिने, सरकारमा नजाने

सुदूरपश्चिमका मुख्यमन्त्री दीर्घबहादुर सोडारीलाई एमालेले विश्वासको मत दिने निर्णय गरेको छ। बुधबार बसेको एमाले प्रदेश संसदीय दलको बैठकले विश्वासको मत लिने तर सरकारमा सहभागी नहुने निर्णय गरेको संसदीय दलका उपनेता सन्तोषकुमारी शर्मा थापाले बताइन्। मुख्यमन्त्री सोडारीले बिहीबार विश्वासको मत लिँदै छन्।

उपनेता थापाका अनुसार बैठकले विश्वासको मतको पक्षमा मतदान गर्न आफ्ना सांसदलाई ह्विप पनि जारी गरेको छ। ‘विश्वासको मत दिने, तर सरकारमा नजाने निर्णय भएको छ,’ संसदीय दलका उपनेता थापाले भनिन्।

एमालेकै समर्थनमा वैशाख ६ गते मुख्यमन्त्री नियुक्त भएका एकीकृत समाजवादीका सोडारीले यसअघि वैशाख २१ र २२ गते विश्वासको मत लिने तयारी गरेका थिए। तर एमाले तयार नभएपछि तेस्रो पटक जेठ ३ गते विश्वासको मत लिन बैठक आह्वान गरिएको छ।

Leave A Reply

Your email address will not be published.