बैतडी : मेलौलीमा दुईदिने अनुसन्धान सम्बन्धि तालिम शुरु भएको छ। मणिलेक बहुमुखि क्याम्पसको आयोजनामा बिहीबारबाट तालिम सञ्चालन गरिएको क्याम्पसले जनाएको छ।
तालिममा मेलौली नगरपालिका भित्रका ११ माविका अग्रेजी शिक्षक र क्याम्पसका सम्पूर्ण शिक्षकहरुको सहभागिता रहेको जनाईएको छ। क्याम्पस प्रमुख भगिरथ सिह नेगीको अध्यक्षता र मेलौली नगरपालिका नगर प्रमुख भिम बहादुर चन्दको प्रमुख आतिथ्यमा तालिम सञ्चालन गरिएको हो।
तालिमका बिशिष्ट अतिथि कैलाली बहुमुखी क्याम्पसकाका उपप्राध्यापक मोहन सिह साउद रहनु भएको छ। तालिमका प्रमुख सहजकर्ता उपप्राध्यापक साउद रहनु भएको क्याम्पसले जनाएको छ।