आगलागी हुँदा झन्डै ८ लाखको क्षति

धनगढीः कैलालीको एक घरमा आगलागी भएको छ। जानकी गाउँपालिका–३ भगतपुरका मनदरी ठकुल्ला थापाको एकतले पक्कि घरमा बिजुलिको तार सर्ट भई बिहीवार आगलागी भएको हो।

आगलागी हुँदा घर भित्र रहेका नगद, सुन, चाँदी, खद्यान्न लगायतका सामन गरी अन्दाजी ७ लाख ९२ हजार १२५ बराबरको धनमाल जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। आगलागी प्रहरी र स्थानियको सहयोगमा नियन्त्रणमा लिई उक्त सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।

Leave A Reply

Your email address will not be published.