बैतडी : रोजगारीको सिलसिलामा भारत जादै गर्दा बैतडीका एक युवक बाटोबाटै बेपत्ता भएका छन्। जिल्लाको दोगडा केदार गाउँपालिका ३ श्रीकोटका अन्दाजी ४० वर्षीय कैलाराम भुल बेपत्ता भएका हुन्।
एक हप्ता अगाडि घरबाट रोजगारीको सिलसिलामा भारत जादै गर्दा बेङ्गलोर नपुगी कैलाराम बाटोबाटै बेपत्ता भएका दोगडाकेदार गाउँपालिका वडा नं। ३ का वडा अध्यक्ष कालुराम भुलले बताउनुभयो।
बेङ्गलोर जादै गर्दा भारतको हुब्ली रेल्वे स्टेशन बाट भुल बेपत्ता भएका कैलाराम सम्पर्कमा नआएको पारिवारिक स्रोतले जनाएको छ। परिवारले खोज तलासका लागी सवैमा आग्रह समेत गरेका छन्।
भुलको घरमा श्रीमती एक छोरा र छोरी रहेका छन्।