बैतडीको पञ्चेवर गाउँपालिकाले सञ्चालन गरेको विद्यार्थीसँग अध्यक्ष कार्यक्रम प्रभावकारी बन्दै गएको छ। गाउँपालिलका भरीका विद्यालयको शैक्षिक सुधार गर्ने उद्देश्य सहित उक्त कार्यक्रम सञ्चालन गरिएको गाउँपालिका अध्यक्ष गोरख बहादुर चन्दले बताउनुभयो।
हामी गाउँपालिकाका सबै सामुदायिक विद्यालयमा पुग्छौं, विद्यार्थीका समस्या सुन्छौं, वास्तविक समस्या पहिचान गर्छौं,’ अध्यक्ष चन्दले भने, विद्यालयमा पुगेर वहस पैरवी, विद्यार्थी र अभिभावकका गुनासो संकलन, प्रधानाध्यापक, विद्यालय व्यावस्थापन समिति अध्यक्ष र जनप्रतिनिधि र कर्मचारी छलफल समेत गरिएको छ ।
ग्रामीण क्षेत्रका सामुदायिक विद्यालयमा पछिल्लो समय विद्यार्थी भर्नादरमा कमी, विद्यार्थीको स्रोत र साधनको अभावमा सामुदायिक विद्यालयहरूले आफ्ना क्रियाकलाप सञ्चालन गर्न नसकेको अवस्थामा गाउँपालिकाले केही इँटा थप्ने उद्देश्यले उक्त कार्यक्रम सञ्चालन गरिएको गाउँपालिका प्रवक्ता जनक बहादुर चन्दले जानकारी दिनुभयो।
यी र यस्ता कार्यक्रमबाट गाउँपालिकाले विगतका वर्षको तुलना यस वर्ष शैक्षिक गुणस्तरमा सुधार समेत ल्याएको छ। “हामी सबैको एउटै स्वर समृद्ध र समुन्नत विकास सहितको पञ्चेश्वर” नारा बोकेको गाउँपालिकाले शिक्षामा गुणस्तरीय ल्याउन थुप्रै कार्यक्रम सञ्चालन गरिएको गाउँपालिका अध्यक्ष चन्दले बताउनुभयो।
गाउँपालिकाका अध्यक्ष विद्यालयमा आएर समस्या बुझेकोमा विद्यार्थीहरुले व्यक्त गरेका छन।गाउँपालिका भित्रका ३५ वटा सामुदायिक विद्यालय संचालनमा छन।
साथै पञ्चेश्वरका विद्यालयमै पुगेर प्रहरीले समुदाय–प्रहरी साझेदारी कार्यक्रमलाई पनि निरन्तरता दिएको छ। समाजमा विभिन्न खालका अपराधहरु बढ्दै गएकाले ती अपराधहरु न्यूनीकरणका लागि यस्तो अभियानलाई निरन्तर सञ्चालन गरिएको ईलाका प्रहरी कार्यालय तस्व मेलौली जनाएको छ।