बैतडी : पञ्चेवर गाउँपालिकाले सञ्चालन गरेको विद्यार्थीसँग अध्यक्ष कार्यक्रम जारी छ। विद्यालयहरुको शैक्षिक अवस्था सुधार गर्ने उद्देश्यले सञ्चालन गरिएको कार्यक्रम अन्तर्गत बिहीवार कुलाउ मा.विमा अन्तरक्रिया गरिएको छ।
विद्यार्थीका समस्या सुन्न र वास्तविक समस्या पहिचान गर्न बिद्यालयमा अन्तरक्रिया गरिएका गाँउपालिका अध्यक्ष गोरख बहादुर चन्दले बताए। विद्यालयमा पुगेर वहस पैरवी, विद्यार्थी र अभिभावकका गुनासा संकलन, प्रधानाध्यापक, विद्यालय व्यावस्थापन समिति अध्यक्ष, जनप्रतिनिधि र कर्मचारीबिच छलफल गर्ने गरिएको गाँउपालिका अध्यक्ष चन्दले बताउनुभयो।
अन्तरक्रियामा कार्यक्रममा गाउँपालिका अध्यक्ष गोरख बहादुर चन्द, शिक्षा शाखा अधिकृत माहामल सिह घटाल, प्रा.स यतिस भण्डारी, प्रधानाध्यापक मोति सिह मंगोला, बिद्यालय ब्यवस्थापन समिति अध्यक्ष कालु चन्द लगायत शिक्षकहरुको सहभागिता रहेको थियो।
पञ्चेश्वर गाउँपालिका भित्र ३५ वटा सामुदायिक विद्यालय संचालनमा छन। सबै बिद्यालयमा पुगेर अन्तरक्रिया गरिने गाँउपालिकाले जनाएको छ।