बैतडी : वाई वाई यू १९ राष्ट्रिय क्रिकेट प्रतियोगिताको सुदूरपश्चिम छनौट जेठ २० गतेदेखि शुरु हुने भएको छ। सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघका अनुसार डडेल्धुराको परशुराम नगरपालिका १२ स्थित जोगबुढा रंग मैदानमा सञ्चालन हुनेछ।
एकदिवसीय फरम्याट खेलाइने प्रतियोगितामा क्यान आवद्ध प्रदेशका ८ जिल्लाको सहभागिता रहने सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघका अध्यक्ष बाशुदेव जोशीले जानकारी दिनुभयो। जेठ २० देखि हुने प्रदेश छनौटको खेलतालिका पनि सार्वजनिक भएको छ। सार्वजनिक तालिका अनुसार सहभागी हुने टोलीलाई दुई समूहमा विभाजन गरिएको छ।
समूह ए मा डडेल्धुरा, डोटी, दार्चुला र बैतडी तथा समूह बी मा कञ्चनपुर, बझाङ, अछाम र कैलाली रहेका छन्। समूह ए बाट जेठ २० गते उद्घाटन खेलमा डडेल्धुरा र दार्चुला भिड्नेछन् ।
जेठ २१ गते दार्चुला र बैतडी,जेठ २२ गते डोटी र बैतडी,जेठ २३ गते डोटी र दार्चुला, जेठ २४ डडेल्धुरा र बैतडी,जेठ २५ गते डडेल्धुरा र डोटी प्रतिस्पर्धा गर्नेछन्।
यस्तै समूह बी बाट जेठ २६ गते अछाम र बझाङ, जेठ २७ गते अछाम कैलाली,जेठ २८ गते कञ्चनपुर र बझाङ, जेठ २९ गते अछाम र कञ्चनपुर, जेठ ३० गते बझाङ र कैलाली, जेठ ३१ गते कञ्चनपुर र कैलालीबीच खेल हुनेछ।
दुबै समूहबाट शिर्ष स्थानमा पुग्ने टोलीबीच फाइनल भिडन्त असार १ गते हुने प्रादेशिक क्रिकेट संघले जनाएको छ। प्रदेशस्तरीय छनौटमा उत्कृष्ट प्रदर्शन गरेका खेलाडीबाट राष्ट्रिय प्रतियोगिता खेल्ने टोली घोषणा गरिने सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघका प्रमुख छनौटकर्ता दीपेन्द्र भण्डारीले बताउनुभयो।
