हावाहुरीले सामुदायिक स्वास्थ्य केन्द्रको भवनमा क्षति

डडेल्धुराको अमरगढी नगरपालिका वडा नं ३ चिरकिट्टेमा रहेको सामुदायिक स्वास्थ्य केन्द्र भवनमा क्षति पुगेको छ। हावाहुरीले रुख ढलाउँदा भवनमा पनि क्षति पुगेको हो।

अमरगढी नगरपालिकाका स्वास्थ्य संयोजक गणेश बिष्टले बिहीबार दिउँसो हावाहुरीले रुख ढलाउँदा उक्त सामुदायिक स्वास्थ्य केन्द्रको ३ कोठे भवनमा क्षति पुगेको बताए। भवनसंगै त्यहाँ राखिएको औषधि लगायतका अन्य सामाग्रीमा क्षति भएको जानकारी आएको बताउँदै उनले प्रहरीले मुचुल्का उठाउने काम गरिरहेको बताए।

Leave A Reply

Your email address will not be published.