बैतडीको डिलासैनी गाउँपालिका–६ बागगोठका विसन सिंह कठायतको उपचारमा आर्थीक समस्या भएको छ। लामो समयदेखि अज्ञात रोगबाट ग्रसित बनेका कठायतको उपचारमा समस्या भएको छ।
२०७४ सालमा बुवाको उपचारमा ९ लाख रुपैया सकिएको थियो। बुवाको पनि मृत्यु भएपछि आमाको समेत मानसिक अवस्था सुस्त भइसकेको छ। खान लाउन नै धौधौ हुने स्थितिमा रहेको परिवारले आर्थिक सहयोगको अपिल गरेको हो।
छाती दुख्ने, हातखुट्टाका जोर्नीहरु दुख्ने, आखाको समस्या, शरिर सिथिल हुने लगायतका समस्याबाट ग्रसित भएका कठायतले ३ वर्षदेखि उपचार गरेपनि निको भएका छैनन्। रिनदानबाटै ३ लाख रुपैयाको जोहो गरेका कठायतले २ वर्षदेखि उपचार गराइरहेका थिए। तर हालसम्म निको हुन नसकेको बताइरहेका छन्।
अहिलेसम्म पनि रोगको वास्तविक पत्ता लाग्न सकेको छैन भने, आँखाको तत्कालै शल्यक्रिया गर्नुपर्ने चिकित्सकहरुले सल्लाह दिएको बताएका छन्। आर्थिक अवस्था नाजुक भएकै कारणले शल्यक्रिया गर्न नसकिएको बताएका छन्।
बिभिन्न निकाय र व्यक्तित्वहरुबाट सहयोग मागेपनि उपयुक्त सहयोग नपाएको उनले गुनासो गरेका छन्। आफुलाई सहयोगको लागि ९७४५८१८०१८ मा सम्पर्क गर्न आग्रह गरेका छन्।
बैंक खातामा पैसा जम्मा गर्नको लागि यो खातामा हाल्न सकिने छ।
