बैतडी : पञ्चेश्वर गाँउपालिका–०४ मा नेकपा एमालेको वडा कमिटी गठन गरिएको छ। शनिबार तिरमल चन्दको अध्यक्षतामा २३ सदस्यीय वडा कमिटी गठन गरिएको स्थानीय बिरेन्द्र भट्टले जानकारी दिए।
पञ्चेश्वर गाउँपालिका–०४ का वडा अध्यक्ष जनक बहादुर चन्दको प्रमुख आतिथ्यमा वडा कमिटी गठन गरिएको हो। यसैगरी वडा कमिटी उपाध्यक्ष रमेश भट्ट, सचिवमा नरेन्द्र राम सार्की, सह-सचिव कबिता चन्द र मोहन राम ओड् लगयात २३ सदस्यीय वडा कमिटी गठन गरिएको जनाईएको छ।