शनिबार आएको हावाहुरीले मेलौली र शिबनाथका दुई बिद्यालयमा क्षती

बैतडी : शनिबार आएको हावाहरीले मेलौली नगरपालिका र शिवनाथ गाँउपालिकाका बिभिन्न ठाँउमा क्षती पुर्याएको छ। मेलौली नगरपालिका–०७ मा रहेको नेत्रज्योति आधारभुत बिद्यालयको दुई कोठे भवनको छानो उडाएको बिद्यालय ब्यवस्थापन समिति अध्यक्ष ईश्वर दत्त भट्टले बताए।

यसैगरी शिबनाथ गाँउपालिका–०६ मा रहेको हिरापुर माविको चार कोठे भवनको जस्तापाताले छाएको छानो उडाएको बिद्यालयका सुचना अधिकारी नरेश दयालले जानकारी दिए। शनिबारै आएको हावाहुरीले बसेडिभ्वा र कोदालीका बिभिन्न घरहरुमा पनि क्षती पुर्‍याएको जनाईएको छ।

हावाहुरीले स्थानीयहरुका तिन घरका ढुङले छाएको (पाथ्थर) समेत उडाएको छ। हावाहुरीबाट भएको क्षतीको लागि स्थानीय सकारलाई सहयोगको लागि आग्रह गरिएको छ।

Leave A Reply

Your email address will not be published.