नेपाल विद्यार्थी संघ बैतडीको अध्यक्षमा ढुंगाल मनोनित

बैतडी : नेपाली कांग्रेसको भातृ संस्था नेपाल विद्यार्थी संघ बैतडीको अध्यक्षमा दिपेन्द्रबहादुर ढुंगाल मनोनित भएका छन्। नेविसंघ बैतडीको अध्यक्ष पद रिक्त भएकाले ढुंगाललाई अध्यक्षमा मनोनित गरिएको नेपाल विद्यार्थी संघका अध्यक्ष दुजांग शेर्पाले लेखेको पत्रमा उल्लेख गरिएको छ।

नेपाल विद्यार्थी संघको विधान २०२७ को सातौं संशोधन २०७५ अनुसार तीन महिनाभित्र जिल्ला अधिवेशन सम्पन्न गर्ने गरी ढुंगाललाई अध्यक्ष पदको जिम्मेवारी दिइएको हो। नेपाल विद्यार्थी संघको विधि, विधान र मार्यादाभित्र रहेर संगठनलाई गतिशील बनाउन समेत नेविसंघले अध्यक्ष ढुंगाललाई आग्रह गरेको छ ।

Leave A Reply

Your email address will not be published.