बैतडीको मेलौली नगरपालिकाले प्रधानमन्त्री रोजगार कार्यक्रममा सुचिकृत भइ कामका लागि छनौट भएकाहरुलाई अभिमुखिकरण कार्यक्रम सुरु गरेको छ। वडा नं ३ मा रोजगार कार्यक्रममा सुचिकृत भएकाहरुलाई अभिमुखिकरण प्रदान गरिएको रोजगार सहायक भोजराज भट्टले जानकारी दिनुभयो।
सुचिकृत भएका कामदारहरुले गर्नुपर्ने काम र पारीश्रमिकको बारेमा जानकारी दिइएको थियो। यसैगरी सुचिकृतको प्रक्रियाका बारेमा पनि जानकारी गरिएको रोजगार सहायक भट्टले बताउनुभयो।
वडा अध्यक्ष गगन सिंह भाटको अध्यक्षतामा सम्पन्न अभिमुखिकरण कार्यक्रममा सुचिकृत नागरिकहरु सँगै सरोकारवाला प्रनतिधिहरुको उपस्थिति थिए।