मेलौलीका जनप्रतिनिधिलाई एकदिने आयुर्वेद सम्बन्धि अभिमुखिकरण दिईयो

बैतडी : मेलौलीका जनप्रतिनिधिहरुलाई एकदिने आयुर्बेद्ध सम्बन्धि अभिमुखिकरण तालिम दिईएको छ। आईतबार जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र मेलौलीको आयोजनामा एकदिने अभिमुखिकरण तालिम सञ्चालन गरिएको निमित्त कार्यालय प्रमुख हिक्मत बहादुर चन्दले बताउनुभयो।

जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र मेलौलीका निमित्त कार्यालय प्रमुख चन्दको अध्यक्षता र मेलौली नगरपालिका नगर प्रमुख भिम बहादुर चन्दको प्रमुख आतिथ्यमा तालिम सञ्चालन गरिएको जनाईएको छ। यसैगरी कार्यक्रमका बिशिष्ट अतिथि मेलौली नगरपालिका नगर उप-प्रमुख पार्वती बोहरा बिष्ट रहनु भएको थियो।

तालिममा आयुर्वेद्ध सम्बन्धि जानकारी र जिल्ला आयुर्बेद्ध स्वास्थ्य केन्द्र मेलौलीबाट प्रवाह गरीने सेवाहरुको बारेमा जानकारी गरिएको निमित्त कार्यालय प्रमुख चन्दले बताउनुभयो। तालिम मार्फत निमित्त कार्यालय प्रमुख चन्दले जिल्ला आयुर्बेद्ध स्वास्थ्य केन्द्रलाई जिल्ला आयुर्वेद अस्पताल बनाउन सबैमा आग्रह गर्नुभयो।

हाल जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रबाट प्रदान गरीने सेवाहरुको बारेमा डक्टर सिर्जना भण्डारीले प्रशिक्षण दिनुभएको थियो। कार्यक्रममा बोल्दै मेलौली नगरपालिका ४ का वडा अध्यक्ष हर्क बहादुर चन्दले आफ्नो वडामा आर्थीक बर्ष २०८०/०८१ को बजेटबाट आधारभुत आयुर्वेद सेवा केन्द्र सञ्चालन ल्याउने बताउनुभयो। मेलौली नगरपालिका नगर प्रमुख र उपप्रमुखले पालिकाबाट जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रको लागि हुने हरेक किसिमको सहयोग गर्ने बताउनुभयो।

तालिममा मेलौली नगरपालिका अन्तर्गत बिभिन्न वडाका वडा अध्यक्षहरु, कार्यपालिका सदस्य, वडा सदस्य लगायत पत्रकारहरुको उपस्थिती रहेको थियो।

Leave A Reply

Your email address will not be published.