बैतडी : मेलौली नगरपालिकाले उत्कृष्ट बिद्यार्थीलाई सम्मान गरेको छ। शैक्षिक सत्र २०८० मा कक्षा ८ र १० मा उत्कृष्ट नतिजा ल्याउने बिद्यार्थीलाई सम्मान गरीएको प्राविधिक सहायक रोहित भट्टले बताउनुभयो।
आईतबार कक्षा ८ र १० मा उत्तीर्ण उत्कृष्ट बिद्यार्थीलाई नगद सहित सम्मान गरिएको छ। कक्षा ८ मा मणिलेक मावीबाट पवन सिह नायकले ३ः६४ जिपीए ल्याएर नगरपालिका भरीमै प्रथम भएका थिए। उनलाई नगद २० हजार प्रमाणपत्र सहित सम्मान गरिएको छ।

मणिलेक मावीकै पुष्कर भट्ट ३ः६२ जिपीए ल्याएर द्धित्तीय र शितलपुर मावीमा अध्ययनरत अस्मिता विष्ट ३ः५५ जिपीए ल्याएर तृतीय भएका थिए। द्धित्तीयलाई नगद १५ हजार सहित प्रमाणपत्र र तृतीयलाई नगद १० हजार सहित प्रमाणपत्र प्रदान गरिएको प्रमुख प्रशासकिय अधिकृत नारायण बहादुर चन्दले बताउनुभयो।

यसैगरी कक्षा १० मा नगरपालिका भरीमै प्रथम भएका शितलपुर माविका सुसान्त सिहलाई नगद ३५ हजार प्रमाणपत्र सहित सम्मान गरिएको छ। उनले ३.५५ जिपीए ल्याएका थिए।

विजयपुर माविका प्रकाश चन्द नगरपालिका भरीमै दोस्रो भएका थिए। उनलाई नगद ३० हजार प्रमाणपत्रले सम्मान गरिएको छ। उनले ३.०४ जिपीए ल्याएका थिए। नगरपालिकामै तृतीय आएका दुर्गा मावि खलिगाडका रामचन्द्र पुजारालाई नगद २५ हजार र प्रमाापत्र सहित सम्मान गरिएको शिक्षा शाखा प्रमुख मनु कुमारी क्षेत्रीले बताउनुभयो।। उनले ३.३५ जिपीए ल्याएका थिए।

यसैगरी ५९ औँ राष्ट्रिय वाल दिवस २०८० को अवशरमा सञ्चालन गरिएको नगरस्तरीय वादविवाद प्रतियोगितामा उत्कृष्ट ४ जना बिद्यार्थीलाई समेत सम्मान गरिएको छ। मणिलेक माविकी छात्रा सरीता भट्ट प्रथम, धर्मघर माविकी ज्वती जोशी द्धित्तीय, दुर्गा मावि खलिगाडकी सरीता जोशी तृतीय र मणिलेक माविका छात्र भुपेन्द्र भट्ट सान्त्वना स्थान आएका थिए।

प्रथमलाई नगद १० हजार, द्धित्तीयलाई ७ हजार ५ सय, तृतीयलाई ५ हजार र सान्त्वना स्थानलाई २ हजार सहित प्रमाणपत्रका साथ सम्मान गरिएको हो। सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर बृद्धि गर्ने तथा विद्यार्थीहरुलाई हौसला प्रदान गर्ने उद्देश्यले विद्यार्थीलाइ सम्मान गरिएको नगर प्रमुख भिम बहादुर चन्दले बताउनुभयो।

विद्यार्थीहरुलाई पढ्न प्रोत्साहन मिलोस र अध्ययनमा प्रतिस्पर्धा होस भन्ने उद्देश्यले पुरस्कारको व्यवस्था गरिएको नगर उप-प्रमुख पार्वती बोहरा बिष्टले बताउनुभयो। नगरपालिकाले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर बृद्धि गर्नका लागि विभिन्न कार्यक्रम संचालन गदै आएको छ।